मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

वनसम्बन्धी उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमार्डौः सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वन सम्बन्धि उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरीएको छ ।

महासङ्घद्वारा आज जारी प्रत्रकार सम्मेलनमा सरकारद्वारा गठित उक्त छानबीन समितिको प्रतिवेदनमा अधिकांश सुझावहरु वनसँग सम्बन्धित रहेकाले त्यसको कार्यान्वयन गर्दा पुनः वनको अधिकार कटौती गर्ने र सामुदायिक वन उपभोक्ता समूहको स्वायत्ततामा हस्तक्षेप हुन नहुने उल्लेख गरिएको छ ।

महासङ्घले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ लाई वन तथा वातावरण मन्त्रालयले खारेज गर्ने, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकर त्यो बजेटलाई सामुदायिक वन व्यवस्थापन कार्यमा लगाउने तथा सामुदायिक वन उपभोक्ता समूहको साधारणसभाको निर्णयानुसार वन व्यवस्थापन गर्न प्रवन्ध मिलाउनेलगायत ११ बुँदै माग बिज्ञप्तिमा उल्लेख गरियको छ ।

त्यस्तै विज्ञप्तिमा महासङ्घले दिगो विकासको लक्ष्यप्रतिको प्रतिवद्धता र सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राखी सामुदायिक वन उपभोक्ता महासङ्घलगायत सरोकारवालाको सिफारिसमा दिगो वन व्यवस्थापनको मापदण्ड र संूचक तयार गर्ने, वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना बनाउने तथा उपभोक्ता समूहलाई वन पैदावार सङ्कलन गर्न नदिने कार्य रोक्नुपर्नेजस्ता मागहरु अघि सारीयको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार