भाद्र ३१, २०८३ बुधबार September 16, 2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित बहुमत अर्थात् कम्तीमा ४ जनाले निर्णय गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्।

आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश संविधान र कानुनको मर्म विपरीत रहेको भन्दै पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाइदिएका थिए। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः सोही अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपतिले मंगलबार यसलाई प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिले यो अध्यादेशमा मुख्यगरी निर्णय प्रक्रिया र गणपूरक संख्याको विषयमा गम्भीर प्रश्न उठाएका थिए।

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित बहुमत अर्थात् कम्तीमा ४ जनाले निर्णय गर्नुपर्ने लोकतान्त्रिक र कानुनी मान्यता रहेकोमा अध्यादेशले प्रधानमन्त्रीसहित ३ जनाले मात्र निर्णय गर्न सक्ने खुकुलो व्यवस्था गरेको थियो।

त्यसैगरी, बैठक बस्नका लागि आवश्यक गणपूरक संख्या पनि ४ जना मात्र भए पुग्ने व्यवस्था अध्यादेशमा गरिएको थियो। बहुमतको आधारभूत मान्यतालाई भत्काएर अल्पमतले नै संवैधानिक निकायका महत्वपूर्ण नियुक्तिहरू गर्न सक्ने प्रावधान संविधानको भावना अनुकूल नभएको भन्दै राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेका थिए। संवैधानिक परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।

राज्यका तीनवटै अङ्गको प्रतिनिधित्व हुने यो उच्चस्तरीय संरचनामा सबैको विवेक प्रयोग होस् र सकेसम्म सर्वसम्मत निर्णय होस् भन्ने संवैधानिक परिकल्पना छ। तर, सरकारले संसद छलेर अध्यादेश मार्फत कार्यविधि संशोधन गरी आफू अनुकूल नियुक्ति गर्ने बाटो रोजेको भन्दै राजनीतिक र कानुनी वृत्तमा यसको आलोचना भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलिय निर्णय
२०८३ भाद्र ३१, बुधबार
ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहुने
२०८३ भाद्र ३१, बुधबार
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिने ऊर्जामन्त्रीको घोषणा
२०८३ भाद्र ३१, बुधबार
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
२०८३ भाद्र ३१, बुधबार
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
२०८३ भाद्र ३१, बुधबार
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ भाद्र ३१, बुधबार
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ भाद्र ३१, बुधबार