काठमाडौं । काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्राडा ऋृषिकेश वाग्लेलाई जिम्मेवारी दिइएको छ ।
अध्यादेशमार्फत उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि ऋषिकेश वाग्लेलाई जिम्मेवारी दिइएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले उनलाई जिम्मेवारी दिइएका हुन् ।
अध्यादेशबाट केयूको डिनहरूसमेत पदमुक्त भएपछि परीक्षा नियन्त्रक रहेका वाग्लेले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।
वाग्लेले पनि अफूलाई जिम्मेवारी दिइएको खबर पाएको बताए । ‘जिम्मेवारी दिइएको खबर पाएको छु,’ उनले अनलाइनखबरसँग भने ।
उपकुलपति नियुक्त समय लाग्ने भएकाले केही समयलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
बुधबार विभिन्न विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया