मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण सम्बन्धी प्रतिवेदन गृहमन्त्री समक्ष पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा यो वर्षामा ठुलो जनधनको क्षति भएपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ ।

असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तीका कारण १ सय १२ जनाको मृत्यु र करोडौंको भौतिक सम्पत्ती नष्ट भएपछि जिल्ला समन्वय समितिले प्राकृतिक विपत्तीपछि विस्थापित भएकाहरुलाई सुरक्षित रुपमा स्थान्तरणका लागि प्रतिवेदन तयार पारेको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई गृह जिल्ला सिन्धुपाल्चोकमा नै बुझाइएको थियो भने गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले प्रतिवेदन बुझाएका हुन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तीबाट हालसम्म सिन्धुपाल्चोकमा भएको मानवीय, भौतिक क्षति साथै बस्ती स्थान्तरण सम्बन्धी स्थलगत रुपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार