भाद्र ३१, २०८३ बुधबार September 16, 2026

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

संसद्को आगामी कार्यसूची तथा समसामयिक राष्ट्रिय विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्याल बीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

सभामुख अर्याल शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल गरेका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा सरकारको नीति तथा कार्यक्रम, संसद्को आगामी कार्यसूची तथा समसामयिक राष्ट्रिय विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधि सभामा छलफल सुरु हुँदैछ । संसद् बैठकअघि सभामुख अर्याल शीतल निवास पुगेपछि भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलिय निर्णय
२०८३ भाद्र ३१, बुधबार
ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहुने
२०८३ भाद्र ३१, बुधबार
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिने ऊर्जामन्त्रीको घोषणा
२०८३ भाद्र ३१, बुधबार
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
२०८३ भाद्र ३१, बुधबार
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
२०८३ भाद्र ३१, बुधबार
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ भाद्र ३१, बुधबार
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ भाद्र ३१, बुधबार