बैसाख ३०, २०८३ बुधबार May 13, 2026

विद्यालयमा १५ दिन बिदा कटौती

विद्यालयमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट मात्रै कार्यान्वयन गर्ने, खाजा समय ३० मिनेट मात्रै छुट्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रीपरिषद्को गत चैत २२ गतेको बैठकले सरकारी बिदा एक सातामा दुई दिन दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका सन्दर्भमा केन्द्रले मङ्गलबार बिदा कटौतीसहित छ बुँदा समेटिएको परिपत्र गरेको छ ।

जस अनुसार विद्यालयमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट मात्रै कार्यान्वयन गर्ने, खाजा समय ३० मिनेट मात्रै छुट्याउने, सोमबारदेखि शुक्रबारमा पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने रहेको छ । त्यस्तै पहिलो र दोस्रो त्रैमासमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनलाई असर नपर्ने गरी व्यवस्थापन गर्ने तथा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमको १२ दिनलाई छुट्याउन पनि केन्द्रले निर्देशन दिएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
२०८३ बैसाख ३०, बुधबार
कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
२०८३ बैसाख ३०, बुधबार
युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते
२०८३ बैसाख ३०, बुधबार
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
२०८३ बैसाख ३०, बुधबार
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री
२०८३ बैसाख ३०, बुधबार