काठमाण्डाैंः नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले आफूलाई कोरोना पोजेटिभ देखिएपछि फेसबुकमा लेखेर आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
असोज १९ गते नेपाली कांग्रेसको केन्द्रीयसमिति बैठक बस्नु अघि नेताहरुको पीसीआर परीक्षण गरिएको थियो। पार्टी कार्यालयमा असोज १५ गते स्वाब बुझाएका थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
थापाले अहिले आफू घरमै आइसोलेसनमा रहेको पनि बताएका छ्न। ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ,’ थापाले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै आइसोलेसनमा छु। यसबीचमा मेरो सम्पर्कमा रहनु भएका सबैले जिगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गर्दछु।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया