जेठ ५, २०८३ मंगलबार May 19, 2026

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक लोकार्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ४ गते । प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ।

एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए । पुस्तकमाथि शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताउनुभयो । शिक्षाविद् डा लुइँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताउनुभयो ।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताउनुभयो । यस्तै शिक्षा पत्रकार प्रकाश सिलवाल र सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पार्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया