असोज २३, २०८३ शुक्रबार October 9, 2026

रुरुक्षेत्रको काउले–रिमुवा सडक खण्ड छ दिन बन्द

शुक्रबारदेखि यहि जेठ १३ गतेसम्म यस खण्डमा सडक बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गुल्मी, जेठ ८ गते। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६, मा निर्माणाधीन धोविघाट–रिमुवा–रुद्रवेणी सडक स्तरोन्नती गर्न लागेको हुँदा काउले–रिमुवा खण्ड छ दिन बन्द हुने भएको छ। शुक्रबारदेखि यहि जेठ १३ गतेसम्म यस खण्डमा सडक बन्द हुन लागेको रुरुक्षेत्र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर– १५, दाङका रोल्पा पशुपति जेभिका निर्माण व्यवसायीबाट सडक निर्माणको काम हुनेभएको छ। यहाँ निर्माणको काम गर्नका लागि यस खण्डमा निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो।

यस समयावधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले वडा नम्बर ६ रिमुवा र रोल्पा पशुपति जेभिलाई सडक बन्दको सूचना पाटी राख्नका लागि बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरेको छ। रासस/ रमेश विश्वकर्मा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानलेयुद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने
२०८३ असोज २३, शुक्रबार
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार