जेठ १२, २०८३ मंगलबार May 26, 2026

अत्याधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द

भीमदत्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर, १२ जेठः अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।

आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी दुई दिन बिदा दिने निर्णय गरेको छ ।

त्यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि तीन दिनसम्मका लागि बिदा दिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिनुभयो ।

यहाँको भीमदत्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । यहाँका पालिकाले गर्मी बिदा र लामो बिदाबाट कट्टी हुने गरी अहिले बिदा दिएको जनाएका छन् ।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा संस्थागत ३४९ र सामुदायिक २६० विद्यालय छन् । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि यस सार्वजनिक अनुरोध गरेको थियो ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन गत शुक्रबार अनुरोध गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन शुरु
२०८३ जेठ १२, मंगलबार
भेडा बिक्री गरेर मौरीपालन
२०८३ जेठ १२, मंगलबार
लुम्बिनी प्रदेशसभा बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८३ जेठ १२, मंगलबार
नेपाली क्रिकेट खेलाडीको नयाँ ग्रेडिङः महिला ‘ए’ श्रेणीमा इन्दु वर्मा र पूजा महतो
२०८३ जेठ १२, मंगलबार
आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक
२०८३ जेठ १२, मंगलबार
आईपीएलमा शीर्ष दुई टोलीबीच आज घम्साघम्सी, विजेता सिधै फाइनलमा
२०८३ जेठ १२, मंगलबार
काठमाडौँ महानगरको कक्षा ११–१२ छात्रवृत्तिमा २६ हजारभन्दा बढी आवेदन
२०८३ जेठ १२, मंगलबार