जेठ १५, २०८३ शुक्रबार May 29, 2026

परशुराम नगरपालिकाको घोषणा : ७ पहाडी जिल्लाका विद्यार्थीलाई विज्ञान पढ्न पूर्ण छात्रवृत्ति

७ जिल्लाका विद्यार्थीलाई परशुराम नगरपालिकाको ठूलो सहयोग, विज्ञान पढ्न पूर्ण छात्रवृत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डडेल्धुरा । परशुराम नगरपालिकाले प्रदेशका ७ पहाडी जिल्लाका विद्यार्थीहरूका लागि विज्ञान संकायमा ३० जनाका लागि पूर्ण छात्रवृत्ति व्यवस्था गरेको छ।

नगर शिक्षा समितिको गत निर्णयअनुसार नगरपालिकाले यस वर्षका लागि यस्तो घोषणा गरेको हो। नगरपालिकाले एक सूचना जारी गर्दै डडेल्धुरासहित दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्लाका स्थानीय तहमा स्थायी बसोबासी विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम ल्याएको जनाएको छ।

नगरपालिकाका अनुसार परशुराम नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गर्न चाहने ३० जना जेहेन्दार विद्यार्थीले यो सुविधा पाउनेछन्।

छात्रवृत्तिका लागि आर्थिक रूपमा विपन्न, कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।

मेयर भरत बडायर जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित जिल्लाका स्थानीय तहहरूलाई समेत आफ्नो क्षेत्रबाट अध्ययन गर्न इच्छुक विद्यार्थी छनोट गरी पठाइदिन अनुरोध गरिएको छ।

नगरपालिकाको यो कदमले सुदूरपश्चिमका विकट पहाडी क्षेत्रका जेहेन्दार तर आर्थिक अभाव झेलिरहेका विद्यार्थीहरूलाई विज्ञान विषय पढ्ने अवसर प्रदान गर्ने विश्वास मेयरले लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
२०८३ जेठ १५, शुक्रबार
सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको तलब कति ?
२०८३ जेठ १५, शुक्रबार
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
२०८३ जेठ १५, शुक्रबार
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ जेठ १५, शुक्रबार
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५, शुक्रबार
गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह
२०८३ जेठ १५, शुक्रबार
फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
२०८३ जेठ १५, शुक्रबार