काठमाडौंः नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ७८१ जनामा पीसीआर परिक्षण गर्दा २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १ हजार १ सय ३३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६५ हजार २०२ पुगेको छ । आज देशभर ४,०३३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया