कार्तिक ८, २०८३ आइतबार October 25, 2026

कांग्रेस अनुशासन समितिको कडा कदम, जिल्ला सभापति निलम्बित

उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि, बारा कांग्रेस सभापति कारबाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

आज बसेको अनुशासन समितिको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप सम्बन्धी उजुरीहरूमाथि छानबिन गरेर यादवलाई निलम्बन गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले बताए।

समितिमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायसँग स्पष्टीकरण मागेको थियो। उनीहरूले आफूमाथि लगाइएका आरोप निराधार रहेको भन्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवाफ पेश गरेका थिए।

समितिले उनीहरूलाई भविष्यमा कुनै गुनासो नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धतासाथ कार्य गर्न निर्देशन दिएको छ।

यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टीकरण सन्तोषजनक रहेको र थप अध्ययनपछि आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
२०८३ कार्तिक ८, आइतबार
Police take action against 470 vehicles operators on Saturday alone
२०८३ कार्तिक ८, आइतबार
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार