असोज २३, २०८३ शुक्रबार October 9, 2026

साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

भारतले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराउँदै साफको छैटौँ पटक उपाधि जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भारत (गोवा), २३ जेठः दक्षिण एसियाली राष्ट्रहरू सहभागी साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराउँदै साफको छैटौँ पटक उपाधि जितेको हो । पछिल्लो समय भारतले सात वर्षअघि उपाधि जितेको थियो । पछिल्लो पटक भारतले सन् २०१९ मा नेपालमा नै आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसअघि साफको पहिलो संस्करणदेखि लगातार पाँचौँ संस्करणसम्म भारतले उपाधि जितेको थियो । त्यसपछि अहिले नवौँ संस्करणमा फेरि उपाधि उचालेको हो ।

भारतका लागि प्यारी सासाले खेलकोे ४२औँ मिनेटमा गोल गर्दै अग्रता लिइन् । त्यसपछि खेलको पहिलो हाफको अत्तिरिक्त समयमा बङ्गलादेशकी खेलाडी ऋतुपोर्ना चक्माले गोल गदै बराबरी गरिन् । खेलको दोस्रो हाफको सुरुआतमै सन्फिदा नोङरुमले भारतका लागि दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा लिन्दा कोम सेर्टोलेले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । यसअघि समूह चरणको खेलमा पनि भारतले बङ्गलादेशलाई ३–० गोलअन्तरले हराएको थियो ।

भारतले भुटानलाई तथा बङ्गलादेशले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । बङ्गलादेशले साफमा दुईपटक उपाधि उचालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार
सुनचाँदीको मूल्यमा वृद्धि
२०८३ असोज २३, शुक्रबार
कांग्रेस महाधिवेशनको मतदान : दुई घण्टामा १ हजार २९३ मत खस्यो
२०८३ असोज २३, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
२०८३ असोज २३, शुक्रबार
Gagan Thapa Seeks Votes from Delegates in Nepali Congress Leadership Election
२०८३ असोज २३, शुक्रबार