जेठ २५, २०८३ सोमबार June 8, 2026

विश्वकप तयारीका बीच एन्फा पदाधिकारीको विदेश भ्रमण अस्वीकृत

राखेपले फुकाएन बाटो, एन्फा पदाधिकारीको मेक्सिको यात्रा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ ।

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए ।

तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको स्रोतले जानकारी दिए ।

११ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको जानेगरी तयारी गरेका थिए ।

आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया