श्रावण १९, २०८३ मंगलबार August 4, 2026

योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी

राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति हुनुहुन्छ भन्ने पार्टीमा कुनै समस्या उत्पन्न नहुने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर, २६ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति हुनुहुन्छ भन्ने पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकमा बढ्दो कुशासन, भ्रष्ट्राचारजन्य अपराधलाई कानुनी एवं राजनीति भूमिकाको नेतृत्वबाट नियन्त्रित गर्न सबै नेतृत्व तहमा पार्टीमा आज इमान्दारीको खाँचो परेको छ भन्नुभयो ।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ हुने प्रदेशस्तर र स्थानीय निकाय निर्वाचनमा पार्टीको युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुनको लागि जनताको बीचमा पुग्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएको भए पनि नेता र कार्यकर्ताको बीच नेतृत्व तहको क्षमतामा सक्षम र इमान्दारी नरहे रास्वपाले जिम्मेवारी नदिनेतर्फ जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य प्राप्ति गर्ने र जनतालाई विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता क्षमतालाई निर्वाचनको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्लाको बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले राससलाई बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार