जेठ २७, २०८३ बुधबार June 10, 2026

बाँके सदरमुकामका विद्यालयमा दुई दिन गर्मी बिदा

असार १ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा, जेठ २७ गते । अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयमा दुई दिन थप सार्वजनिक बिदा दिइएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारद्वारा जारी गरिएको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यजनर गर्दै जेठ २८ र २९ गते दुई दिनका लागि विद्यालयमा थप बिदा दिइएको जनाइएको छ ।

नगरपालिकाले यसअघि जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगन गरेको थियो ।

पछिल्ला केही दिन यता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको थियो । गर्मी बढ्दै गएपछि थप दुई दिन बिदा बढाइएको नगरपालिकाले जनाएको छ ।

उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ । केही दिनदेखि यहाँको अधिकतम तामक्रम ४० डिग्री सेल्सियस आसपास रहँदै आएको छ । मङ्गलबार नेपालगन्जको अधिकतम तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । असार १ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया