असार ३, २०८३ बुधबार June 17, 2026

क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

अदालतको आदेशसँगै गौतम कारागार चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशसँगै गौतमलाई कारागार चलान गरिएको छ ।

पोखरा विमानस्थल निर्माणमा भष्टाचार प्रकरणमा उनीविरुद्ध दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए । क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भष्टाचार अभियोग मुद्दा दायर गरेको थियो ।

अख्तियारले गौतमसँग ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले तत्कालीन महानिर्देशक अधिकारीलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतले  फैसला हुँदा ठहरे बमोजिम हुने तर हाललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया