असोज १२, २०८३ सोमबार September 28, 2026

बीस किलो चरेस सहित एकजना प्रकाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ईलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेससहित एक जनालाई प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाँउपालिका २ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक भोजराज पाण्डेले दिएको जानकारी अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन् ।

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नीरिक्ष्क पाण्डेका अनुसार उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको हो । उनीमाथी जिल्ला अदालत धादिङबाट म्याद थप पश्चात थप अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार