श्रावण २४, २०८३ आइतबार August 9, 2026

काठमाडौं महानगरले आजदेखि खोखो प्रतियोगिता सञ्चालन गर्ने

प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै समूहका खेलाडीले भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ असारः काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलो पटक विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा पहिलो पटक महानगरपालिकाव्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्न लागिएको जानकारी दिइयो । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजनाअनुरुप यो प्रतियोगिता गर्न लागिएको बताउनुभयो । प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले रु ३० लाख प्रदान गर्नेछ । सङ्घले रु ६ लाख लागत व्यहोर्नेछ ।

सङ्घका अध्यक्ष दीपक महर्जनले, विद्यालयस्तरमा खोखो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन् । खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० निर्णायक मण्डल रहनेछ ।

प्रतियोगितामा शान्ति निकुञ्ज मावि, महाँकाल मावि, भीमसेनगोला मावि, पद्मकन्या मावि, जनप्रभात मावि, सहिद शुक्र मावि, विश्वनिकेतन मावि, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मावि र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् । सङ्घका महासचिव शङ्कर महर्जनले, १२औँ र १३औँ दक्षिण एशियाली खोखो प्रतियोगितामा लगातार कास्य र रजत पदक दिलाएको बताउनुभयो ।

विसं २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एशियन खोखो च्याम्पियनसिप प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपालले रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिता कीर्तिपुर सञ्चालन हुनेछ । महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजारसहित मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमशः रु २५ हजार र रु १० हजार प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार