असार ११, २०८३ बिहिबार June 25, 2026

कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको गराए ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ असारः कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रृटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् ।

काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।

यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया