असार १४, २०८३ आइतबार June 28, 2026

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन

अहिले अधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  असार १४ गते । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई  ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिनुभएको छ ।

आइतबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गर्नुभयो ।

रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर सङ्घीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले अधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताउनुभयो ।

उहाँले रास्वपाभित्रै वैचारिक अस्पष्‍टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र सङ्घीयताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुई वटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गर्नुभयो ।

सङ्घीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै पुनले यस प्रकारको ‘आगोसँग खेल्ने’ काम नगर्न रास्वपालाई चेतावनी दिनुभयो । नेता पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र ‘लोकप्रियतावाद’ मात्र झल्काएको आरोप लगाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
२०८३ असार १४, आइतबार
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
२०८३ असार १४, आइतबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने
२०८३ असार १४, आइतबार
असार १६ र १७ गते भारी वर्षाको सम्भावना
२०८३ असार १४, आइतबार
सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
२०८३ असार १४, आइतबार
रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन
२०८३ असार १४, आइतबार
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
२०८३ असार १४, आइतबार