असार १४, २०८३ आइतबार June 28, 2026

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ असारः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उहाँले परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।

संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो । ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको संयोजक दाहालले बताउनुभयो । यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्छ भन्नुभयो ।

कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । उहाँले एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
२०८३ असार १४, आइतबार
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
२०८३ असार १४, आइतबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने
२०८३ असार १४, आइतबार
असार १६ र १७ गते भारी वर्षाको सम्भावना
२०८३ असार १४, आइतबार
सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
२०८३ असार १४, आइतबार
रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन
२०८३ असार १४, आइतबार
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
२०८३ असार १४, आइतबार