काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक आज अपराह्न ४ः३० बजे भर्चुअल माध्यमबाट बस्दैछ। २५ वटा कम्युनिस्ट घटकबीच पार्टी एकीकरण सम्पन्न भएपछि पहिलोपटक बस्न लागेको यो बैठकलाई पार्टीको संगठनात्मक संरचना र भावी कार्यदिशा तय गर्ने दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
पार्टीका नेता रामकुमार भट्टराईका अनुसार बैठकमा पार्टीको नियमावली तथा कार्यविधि अनुमोदन, केन्द्रीय समितिको कार्यसम्पादनलाई व्यवस्थित बनाउने विषय, विभिन्न विभाग गठन, संगठन विस्तार तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने एजेन्डा तय गरिएको छ।
गत महिना २५ कम्युनिस्ट घटकबीच एकीकरण घोषणा गर्दै नयाँ नेकपाको गठन गरिएको थियो। त्यसयता पार्टीले संगठन निर्माण, नेतृत्व व्यवस्थापन र साझा राजनीतिक कार्यदिशा तय गर्ने प्रक्रियालाई तीव्र बनाउँदै आएको छ।
आजको बैठकबाट पार्टी सञ्चालनसम्बन्धी आवश्यक नियमावली पारित गर्नुका साथै आगामी संगठनात्मक गतिविधि, जनपरिचालनका कार्यक्रम र राजनीतिक रणनीतिबारे पनि ठोस निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया