असार २१, २०८३ आइतबार July 5, 2026

सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप

महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाइ छ ।

‘यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खबरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी
२०८३ असार २१, आइतबार
परिणाममुखी कार्यान्वयन नै अबको बालेन्द्र सरकारको परीक्षा : उपेन्द्र यादव
२०८३ असार २१, आइतबार
सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप
२०८३ असार २१, आइतबार
अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै
२०८३ असार २१, आइतबार
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
२०८३ असार २१, आइतबार
सुर्यबंशीको डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी
२०८३ असार २१, आइतबार
बाँकेको कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु
२०८३ असार २१, आइतबार