असार २१, २०८३ आइतबार July 5, 2026

कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी

महाधिवेशन तयारीका लागि निर्वाचन प्रक्रियामा व्यापक सुधार गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउने उद्देश्यले महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशन तयारीका लागि निर्वाचन प्रक्रियामा व्यापक सुधार गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्यसहित निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा ‘डिजिटल’ अर्थात् ‘पेपरलेस’ बनाउने वा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ। यसका साथै निर्वाचन प्रक्रिया सुरु भएपछि आचारसंहिता स्वतः लागू हुने भएकोले विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई समितिले आग्रह गरेको छ।

त्यसैगरी, निर्वाचन अधिकृत खटनपटनमा पनि समितिले विशेष प्राथमिकता निर्धारण गरेको छ। काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला, तिनका १५ वटै निर्वाचन क्षेत्र तथा मातहतका महानगर र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरिएको छ।

यसका अतिरिक्त, निर्वाचन कार्यमा सहयोग पुर्‍याउन कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवकहरूको रोस्टर तयार गरिने र सूचीमा रहेका व्यक्तिहरूलाई आवश्यक अभिमुखीकरण तालिम प्रदान गरेर मात्र निर्वाचन अधिकृतको रूपमा परिचालन गरिनेछ।

समितिले गरेका यी सम्पूर्ण निर्णयहरू कार्यान्वयनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा जानकारीका लागि पेश गर्ने निर्णय गरेको सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता
२०८३ असार २१, आइतबार
कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी
२०८३ असार २१, आइतबार
परिणाममुखी कार्यान्वयन नै अबको बालेन्द्र सरकारको परीक्षा : उपेन्द्र यादव
२०८३ असार २१, आइतबार
सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप
२०८३ असार २१, आइतबार
अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै
२०८३ असार २१, आइतबार
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
२०८३ असार २१, आइतबार
सुर्यबंशीको डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी
२०८३ असार २१, आइतबार