असार २१, २०८३ आइतबार July 5, 2026

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद थपियो

आवश्यक छानबिन गरी क्रियाशील सदस्यता अद्यावधिकको उचित व्यवस्था मिलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयावधि आगामी साउन ३ गतेसम्म थप गरेको छ ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि क्रियाशील सदस्यता फाराम वितरण, नवीकरण र नयाँ सदस्यताको विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम म्याद असार २० गतेसम्म तोकिएको थियो । तर वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि आवश्यक सूचना प्रवाहको काम जारी रहेकाले केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा म्याद थपिएको पार्टीले जनाएको छ ।

त्यस्तै, क्रियाशील सदस्यता अद्यावधिक वा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

उक्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक छानबिन गरी क्रियाशील सदस्यता अद्यावधिकको उचित व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया