असोज २१, २०८३ बुधबार October 7, 2026

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, २३ असारः गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।

कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर र मन्त्रालयका सचिव डा प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गर्नुभयो । कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पु¥याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका-१ को सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवर पुरस्कृत हुनुभयो । उहाँले नगद रु ५० हजार तथा सम्मानपत्र प्राप्त गर्नुभयो । यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौलाकालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा-१४ को रोशन एण्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ व्यास नगरपालिका-१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित हुनुभयो ।

यसैगरी, खिलुङ कालिका अर्गानिक कृषि फार्म भिरकोट नगरपालिका-७ स्याङ्जाका शालिग्राम अर्याल र नीलगिरि पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित हुनुभयो । प्रदेश उत्कृष्ट कृषि पुरस्कार राशि जनही नगद रु ३२ हजार र सम्मानपत्र रहेको मन्त्रालयका सूचना अधिकारीसमेत रहनुभएका पशु चिकित्सक डा राजेशकुमार चौधरीले जानकारी दिनुभयो ।

कृषिमन्त्री कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्दै आएको छ । उत्कृष्ट काम गर्ने कृषकलाई सम्मान गर्दा किसानको हौसला बढ्नुका साथै अन्यलाई पनि आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित हुन सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव डा प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक तथा कृषि फार्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्मानले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रदेशमा कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार