जेठ ५, २०८१ शनिबार May 18, 2024

एक जना पनि पुरुष नभएको अनौठो गाउँ जहाँ महिलाले……..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः हामीले आजसम्मको देखेका या सुनेका छौं की महिला र पुरुष भएपछि मात्रै गाउँ घर समाज चल्छ । प्रायः हामीहरुले पुरुषले घर चलाएको वा पुरुष परिवारमा हुनु अत्यन्त्य जरुरी हुन्छ ।

तर आज हामी यस्तो बिषयबस्तुमा चर्चा गर्दैछौं, जुन सुन्दा पनि अचम्म लाग्न सक्छ र आफैमा अनेकौं प्रश्नहरु उठ्न सक्छन् । कोलम्बियामा एक यस्तो गाउँ छ जहाँ एक जना पनि पुरुष छैनन् । कोलम्बियामा ला–पुरिया गाउँका पुरुषहरु सिविल वारमा मारिएका थिए ।

त्यो समयदेखि घर परिवारको पालन पोषण सबै महिलाहरुले गर्दै आएका छन् । महिलाहरु खानाको खोजीमा जंगल जान्छन् र फलामको हतियारले खानाको खोजी गर्छन् । त्यहाँ महिलाले नै घर चलाउँछन् र बाल बच्चाको हेरविचार पनि गर्छन् ।

घर चलाउनको लागि महिलाहरुले खेतीको काम गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै आएका छन् । कोलम्बियाको उत्तर–पुर्वमा अवस्थित गाउँमा महिला र बच्चामात्र गाउँमा रहन्छन् ।

गाउँका केही पुरुषहरु सिविल वारमा मारीएका थिए । भने कोही सेनामा भर्ती हुन गएका थिए । हाल परिवारको सबै सदस्यलाई खानाको व्यवस्था गर्न, सिकार गर्न र खेती गर्ने सम्पुर्ण कार्य महिला र बालबच्चामा निर्भर हुने गरेको छ । सिकार गर्न महिलाहरुले बच्चाहरुलाई पिठमा बोकेर लैजान्छन् ।

एक महिलाको अनुसार कति महिलामाथि बलात्कार भएकाले केहि बच्चाको जन्म पनि भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार