असोज २१, २०८३ बुधबार October 7, 2026

आजको मौसम पूर्वानुमान: देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ।

महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। यसै क्रममा देशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मौसम बद्ली भई वर्षा हुने देखिन्छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका साथै मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा आज तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

यसै गरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको आकलन गरिएको छ।

रातिको समयमा देशको पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुनेछ।

विशेष गरी कोशी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानहरूमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार