असोज २१, २०८३ बुधबार October 7, 2026

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।

सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

“भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उहाँले भन्नुभयो, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।”

एक सयभन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दर्मीजा, चिमखोला, कुइनेमङ्गले जोड्ने सडकलाई पनि सुरक्षित बनाएको छ । उक्त योजना निर्माणका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा हिमालयन कन्ट्रक्सन-ताण्डपेश्वर-हिमालयन बिल्डर्स जेभीले २०८२ साल फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले योजनामार्फत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । यही असार १९ गतेसम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समयअगावै सम्पन्न भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद सम्झौतालगत्तै निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयअघि नै योजना सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताउनुभयो । स्थानीय जनप्रतिनिधि र समुदाय, आयोजना कार्यालयले सहजीकरण र समन्वय गरेकाले समयमै योजना सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, सङ्घीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर ढलान गरेर पक्की बनाइएको छ ।

दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा लाभान्वित भएका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार