कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आगो लगाएका छन्।

शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र पौडेलले बताए । ‘आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्,’ एसपी पौडेलले भने, ‘उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाएका छौँ।’

पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन। अहिले उपचारमा ध्यान दिएको र कारण खुल्न बाँकी रहेको एसपी पौडेलले बताए।

उनको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए। सिंहले हेलिकप्टर पठाउने व्यवस्था हुन लागेको जनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया