श्रावण ३१, २०८३ आइतबार August 16, 2026

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

शिविरमार्फत ८८ जनालाई राष्ट्रिय परिचयपत्र, एक जनालाई राहदानी वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र खिवाङ सेवा समाजको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शिविरमार्फत ८८ जनालाई राष्ट्रिय परिचयपत्र, एक जनालाई राहदानी वितरण गरिएको छ भने ६३ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । साथै ३० जनालाई पञ्जीकरण तथा अन्य प्रशासनिक सेवासम्बन्धी परामर्श प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले रोजगारी, अध्ययन, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गरिरहेका म्याग्दीवासीलाई उनीहरूकै बसोबासस्थलमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

“जिल्लाबाहिर पहिलो पटक घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँग समन्वय गरी वडा तहसम्म पुगेर राष्ट्रिय परिचयपत्र, राहदानी वितरण र मतदाता नामावली दर्तालगायतका सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ ।” प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहका पञ्जीकरण शाखाका कर्मचारीको टोलीले सेवा प्रदान गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन तथा पूर्वअध्यक्ष डमबहादुर पुनले घुम्ती शिविरले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई सेवा लिन जिल्ला सदरमुकाम बेनीसम्म आउनुपर्ने बाध्यता हटाउँदै समय र खर्च दुवै बचत भएको बताउनुभयो ।

शिविरमा विसं २०७७ कात्तिक २४ गतेदेखि २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइ हालसम्म परिचयपत्र नलिएका तथा म्याग्दी स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराए पनि हालसम्म लिन नआएका १० हजारभन्दा बढी परिचयपत्र वितरणलाई तीव्रता दिन तथा प्रशासनिक सेवा नागरिकको पहुँचमै पु¥याउने उद्देश्यले यस्ता घुम्ती शिविर सञ्चालन गर्न थालिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार