श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

माग र समस्यालाई सरकारसमक्ष पुर्‍याई यथाशीघ्र उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकहरूको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै यसको दीर्घकालीन र दिगो समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुमवासी परिवारसँग आइतबार छलफल गर्दै गृहमन्त्री गुरुङले सरकारले समस्यालाई केवल अस्थायी व्यवस्थापनका रूपमा नभई स्थायी समाधान खोज्ने उद्देश्यका साथ काम गरिरहेको स्पष्ट पारे।

छलफलका क्रममा उनले सुकुमवासी तथा भूमिहीन नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या सरकारको पनि साझा चासोको विषय भएको उल्लेख गर्दै सबै पक्षबीच सहकार्य र विश्वास आवश्यक रहेको बताए। “तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ। समाधानका लागि तपाईंहरूको पनि सहयोग आवश्यक छ,” उनले भने।

गृहमन्त्री गुरुङले सुकुमवासी समस्याजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थको माध्यम बनाउन नहुने धारणा व्यक्त गर्दै वास्तविक पीडितको हितलाई केन्द्रमा राखेर समाधान खोजिनुपर्नेमा जोड दिए। सरकारको प्रयासलाई सफल बनाउन स्थानीय समुदाय, सरोकारवाला निकाय तथा राजनीतिक दलहरूबीच सकारात्मक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

हालै अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका सुकुमवासी परिवारलाई उद्धार गरी भक्तपुरको खरिपाटीलगायत विभिन्न स्थानमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ। सोही सन्दर्भमा उनीहरूको अवस्था बुझ्न र आवश्यक व्यवस्थापनबारे जानकारी लिन गृहमन्त्री गुरुङ खरिपाटी पुगेका हुन्।

छलफलका क्रममा सुकुमवासी परिवारले सुरक्षित आवास, आधारभूत सेवा–सुविधा तथा स्थायी पुनर्स्थापनाको माग गरेका थिए। गृहमन्त्री गुरुङले उनीहरूको माग र समस्यालाई सरकारसमक्ष पुर्‍याई यथाशीघ्र उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले भूमिहीन र सुकुमवासीको पहिचान, व्यवस्थापन तथा स्थायी पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार