बैसाख २६, २०८३ शनिबार May 9, 2026

सत्र वर्षदेखि लगातार ठगीधन्दा-परिवार नै अपराधमा संलग्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिन्धुपाल्चोकका धनजित तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंंले ०६० मा डलर ठगी आरोपमा पक्राउ गरेको थियो । सस्तोमा डलर साट्ने बहानामा ठगी गरेका उनी एक वर्ष जेल बसेर छुटे । त्यसपछि उनी सुध्रिएको प्रहरीको आकलन त्यतिवेला गलत सावित भयो, जब उनले गिरोह नै बनाएर ठगी गर्दै आएको खुल्यो । गत साता भक्तपुरमा पक्राउ परेका उनले २५ जनाभन्दा बढीलाई ठगिसकेको खुलेको छ । भक्तपुर प्रहरीले ११ जना सहयोगीसहितका उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाह्रबिसे–६ स्थायी घर भई मध्यपुर ठिमी–९ बस्ने ५७ वर्षीय तामाङले परिवारलाई नै ठगी धन्दामा लगाएको खुलेको छ । उनका २५ वर्षका छोरा रामकृष्ण तामाङ र ३२ वर्षीया भाइबुहारी कान्छी तामाङलाई समेत प्रहरीले उनीसँगै पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार साउनयता मात्र उनीहरूले सस्तोमा डलर साटिदिने भन्दै पाँचजनालाई ठगेका थिए । ‘धेरै वर्षदेखि उनीहरूले संगठित रूपमा ठगी गर्दै आएको देखियो,’ एसपी थापा भन्छिन्, ‘उनीहरूबाट पीडित भएकाहरू थपिने क्रम जारी छ ।’ उनीहरूले हालसम्म एक करोड १५ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परिसकेको छ ।

प्रहरीका अनुसार अहिले १२ जना पक्राउ परे पनि तामाङको गिरोहमा २० जनाभन्दा बढी संलग्न देखिएका छन् । प्रहरीले बाह्रबिसेकै खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, विमल भण्डारी, निर्मल भण्डारी, राजकुमार तामाङ, धनबहादुर भण्डारी, कमल भण्डारी, राकेश भण्डारी, सन्चबहादुर योञ्जनलाई पनि पक्राउ गरेको छ । उनीहरू सबै एउटै गाउँका हुन् । तीमध्ये खेलबहादुर र रेलबहादुर तथा विमल र निर्मल दाजुभाइ भएको भक्तपुर परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

उनीहरूले प्रयोग गर्ने पाँचवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । ठगीबाटै उनीहरूले लाखौँ सम्पत्ति आर्जन गरेको देखिएकाले त्यसको पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले श्रीमतीको नाममा सम्पत्ति जोडेको पाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

गिरोहले १३ असोजमा घरजग्गा कारोबारी रमेश रसाइलीसँग पाँच लाख र त्यसको केही दिनपछि मोबाइल पसले कमल खड्कासँग चार लाख रुपैयाँ ठगी गरे । गिरोहका केही सदस्य ९ असोजमै पक्राउ परिसकेका थिए । त्यसपछि क्रमशः प्रहरीले धनजितसहितका १२ जनालाई पक्राउ गरेको हो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार