असार ३२, २०८३ बिहिबार July 16, 2026

‘मौद्रिक नीति आगामी आवको बजेटलाई सहयोग पुग्नेगरी ल्याएका छौँ’ – गर्भनर पौडेल

कानुनले दिएको अधिकार अनुसार नै राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३२ असारः नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले सरकारको बजेट र नीति तथा कार्यक्रमलाई सहयोग हुने गरी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति ल्याइएको बताउनुभएको छ ।

पूर्वयोजनाकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको मौद्रिक नीति २०८३/८४ सम्बन्धी नीतिगत छलफल कार्यक्रममा उहाँले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याइएको बताउनुभयो । “विगतका वर्षमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटभन्दा मौद्रिक नीतिमा बढी अपेक्षा गरिन्थ्यो”, गभर्नर पौडेलले भन्नुभयो, “सरकारले ल्याउने बजेट तथा नीति कार्यक्रमभन्दा मौद्रिक नीति ठूलो हुन सक्दैन । त्यसैले पनि सरकारले ल्याएको बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याएका छौँ ।”

कानुनले दिएको अधिकार अनुसार नै राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको गर्भनर पौडेलले दाबी गर्नुभयो । “विगतका वर्षमा मौद्रिक नीति आउनुअगावै चुहावट हुने गर्दथ्यो । तर, अहिले त्यस्तो केही भएको छैन”, उहाँले भन्नुभयो, “जनसरोकारका विषयलाई सरकारले सम्बोधन गर्ने हो । तर, सबै विषयलाई राष्ट्र बैंकले सम्बोधन गर्न सक्दैन ।”

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले विगतका वर्षमा सबै किसिमका समस्या मौद्रिक नीतिबाट सम्बोधन हुने आशा गर्ने भए पनि यो पालीको मौद्रिक नीति सीमित क्षेत्रमा केन्द्रित रहेको बताउनुभयो । “विगतमा सबै समस्याको अन्त्य मौद्रिक नीतिबाटै हुने जनअपेक्षा गरिन्थ्यो”, उहाँले भन्नुभयो, “यसपटक जनताको चाहना र आकाङ्क्षालाई निराशा बनाएको छ कि भन्ने आङ्शका भने उब्जाएको छ । फरकफरक खण्डमा नीति आएकाले निराश हुनुपर्ने आवश्यकता छैन ।”

पूर्वकार्यकारी निर्देशक थापाले मौद्रिक नीति यसपालीदेखि तीन खण्डमा छुट्टाछुटै गरेर आएको बताउनुभयो । “प्रत्येक वर्ष कर्जाको पुनःसंरचना गरेर मात्रै हुँदैन । कर्पाेरेट पुनःसंरचना नगरेसम्म उद्यमशीलताको विकास हुँदैन । राष्ट्र बैंकले कर्पाेरेट पुनःसंरचना गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट
२०८३ असार ३२, बिहिबार
शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल
२०८३ असार ३२, बिहिबार
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
२०८३ असार ३२, बिहिबार
‘मौद्रिक नीति आगामी आवको बजेटलाई सहयोग पुग्नेगरी ल्याएका छौँ’ – गर्भनर पौडेल
२०८३ असार ३२, बिहिबार
मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
२०८३ असार ३२, बिहिबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
२०८३ असार ३२, बिहिबार