श्रावण १, २०८३ शुक्रबार July 17, 2026

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ साउनः नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०ः क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर इन्क्लुसिभ एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा आज आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको हो ।

न्यूयोर्कस्थितसंयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार उहाँले दिगो विकास केवल नीतिगत उद्देश्य मात्र नभई आधारभूत मानवअधिकार भएको बताउनुभयो ।

राजदूत थापाले दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका लक्ष्यमध्ये हाल केवल १८ प्रतिशत लक्ष्य मात्र सही मार्गमा रहेको र सन् २०३० को कार्यसूची पूरा गर्न अब चार वर्ष मात्र बाँकी रहेकाले विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गरिनुपर्ने, विकास प्रक्रियामा सबैको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने तथा जवाफदेहितालाई थप सुदृढ बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजदूत थापाले विशेषगरी अतिकम विकसित मुलुक (एलडिसी), भूपरिवेष्टित विकासशील मुलुक (एलएलडिसी) तथा साना द्वीपीय विकासशील राष्ट्र (सिड्स) लाई अनुदान वा सहयोगका प्राप्तकर्ता मात्र नभई अन्तरराष्ट्रिय समुदायले प्रत्याभूत गरेको अधिकारका वास्तविक हकदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको उक्त नियोगले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ श्रावण १, शुक्रबार
विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह
२०८३ श्रावण १, शुक्रबार