असोज २१, २०८३ बुधबार October 7, 2026

त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

बरामद चुरोटको क्लासिक डबल बस्ट भारतमा निर्मित-४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल, शिखर आइस रुस ३१ बण्डल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा विदेश निर्यात गर्न लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ (चुरोट) प्रहरीले बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साल साउन ३ गते (आइतबार) विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा रहेको पिक एभिएसन प्रालि मार्फत अस्ट्रेलिया पठाउन लागिएको कार्गो जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको हो।

प्रहरीका अनुसार अष्ट्रेलियामा रहेका एक व्यक्तिको नाममा पठाउन लागिएको ३५ वटा कार्टुन पोका मध्ये एउटा पोकोमा “डग च्यु (कुकुरले खाने खाना)” भनेर उल्लेख गरिएको थियो। तर नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले गरेको एक्स-रे परीक्षण तथा विस्तृत चेकजाँच गर्दा कागजातमा उल्लेख नगरिएको सुर्तीजन्य पदार्थ (चुरोट) फेला परेको हो।

बरामद गरिएको चुरोट विभिन्न ब्रान्डका गरी जम्मा ६८ बण्डल रहेको प्रहरीले जनाएको छ।

बरामद चुरोटको क्लासिक डबल बस्ट भारतमा निर्मित-४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल, शिखर आइस रुस ३१ बण्डल रहेको छ । प्रहरीका अनुसार बरामद गरिएको चुरोटको अनुमानित बजार मूल्य २ लाख ५७ हजार ४ सय रुपैयाँ रहेको छ।

बरामद गरिएको सुर्तीजन्य पदार्थलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँ मा बुझाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हुने अवैध ओसारपसार, भन्सार छली तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी, कार्गो स्क्रिनिङ तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाइने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ असोज २१, बुधबार
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
कांग्रेस सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
२०८३ असोज २१, बुधबार