श्रावण ७, २०८३ बिहिबार July 23, 2026

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

त्रिविमा पाँच लाख विद्यार्थी अध्ययनरत र १६ हजार ६२ कर्मचारी कार्यरत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ साउनः मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ ।

विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो ।

त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक उन्नयनलाई आफूले केन्द्रमा राखेको बताउनुभयो ।

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच अध्ययन संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ आङ्गिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस तथा चार अध्ययन केन्द्र छन् । हाल विश्वविद्यालयमा पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ कर्मचारी कार्यरत छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ
२०८३ श्रावण ७, बिहिबार
कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा
२०८३ श्रावण ७, बिहिबार
लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
२०८३ श्रावण ७, बिहिबार
अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ श्रावण ७, बिहिबार
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
२०८३ श्रावण ७, बिहिबार
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
२०८३ श्रावण ७, बिहिबार
हर्मुज खुला राख्न आसियानको जोड
२०८३ श्रावण ७, बिहिबार