असोज २१, २०८३ बुधबार October 7, 2026

लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ

५ लाख घुससहित रंगेहात पक्राउ परे लहानका कर अधिकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण ९फुल अडिट० गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन ५ लाख रूपैयाँ मागेका थिए ।

आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै घुस मागेको पालमाथि आरोप छ । रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको स्रोतले जनाएको छ ।

कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म कुराइए पनि रकम बुझेनन् । साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । त्यसपछि उनले भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको सम्पर्क नम्बर पठाएका थिए ।

बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन आज निर्देशन दिएका थिए। सोही क्रममा अख्तियारको टोलीले उनलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ असोज २१, बुधबार
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
कांग्रेस सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
२०८३ असोज २१, बुधबार