काठमाडौं, १२ साउन । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको भोलीपल्ट आकस्मिक रूपमा सो बैठक बस्न लागेको ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार भोली बस्ने केन्द्रिय समिति बैठकले श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।
उनका अनुसार बैठक साउन १३ गते बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोली नै केन्द्रिय कार्यालयमा राखिनेछ । जसअनुसार भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने र सोपश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया