श्रावण ३१, २०८३ आइतबार August 16, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा। झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।

सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइयो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन ।

“दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ता आफँैले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए”, प्रधानाध्यापक लुइँटेलले बताउनुभयो ।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ः०० बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवाले भन्नुभयो, “विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ । सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार