असोज ३, २०८३ शनिबार September 19, 2026

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

स्थानीय समितिका सदस्यसहित सम्पूर्ण पार्टी पंक्तिलाई शान्ति र सद्‌भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीमा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका केन्द्रिय सभापति रवि लामिछानेद्वारा मंगलबार एक विज्ञप्ति जारी गर्दै सुनसरीको कप्तानगञ्जमा भएका जस्ता समस्या देखिएका असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गरिएको छ । र, सो घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न पनि रास्वपाले आग्रह गरेको छ।

नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्‌भावलाई कुनै पनि गतिविधिबाट खलबलिन नदिन सबै नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व तथा सरोकारवाला पक्षसँग अपिल गरिएको छ । साथै, अफबाह र उत्तेजनाबाट टाढा रही उच्च संयमता अपनाउन आग्रह गरिएको छ । रास्वपाले शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाएको छ ।

घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो। रास्वपाका स्थानीय समितिका सदस्यसहित सम्पूर्ण पार्टी पंक्तिलाई शान्ति र सद्‌भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया