श्रावण १४, २०८३ बिहिबार July 30, 2026

राप्रपाका सहमहामन्त्री वोली सहित रोल्पाबाट सामूहिक राजीनामा

सामुहिक राजीनामा दिने नेताहरुको समूह डा. धवलशम्सेर राणाको नेतृत्वमा बन्न लागेको राजनीतिक दलमा समाहित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टीको मूल नीति र महाधिवेशनको म्यान्डेट अवज्ञा गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौं कार्यकर्तासहित राप्रपाको भविष्य धरापमा पारेको भन्दै रोल्पा जिल्लाका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

‘राप्रपाभित्र दास र लास भएर बसीरहन हामी कदापि सक्दैनौं,’ सामुहिक राजीनामा पत्रमा रोल्पा जिल्लाका शीर्ष २६ नेताहरुले भने । ‘राप्रपा नेतृत्वबाट धोका भयो, त्यसैले सच्चा राष्ट्रवादी दलमा समाहित हुने हामीले निर्णय लिएका हौं,’ सहायक महामन्त्री पदबाट राजीनामा दिएका टीका बहादुर वलीले बुधबार भने ।

लिङदेनले पार्टीको मूल नीति र सिद्धान्तविरुद्ध पटकपटक राजसंस्था पूनर्स्थापनाको आन्दोलन तुहाउने दुष्कर्म गरेको आरोप उनीहरुको छ । सडक र सदन दुबै विकल्प रोज्ने महाधिवेशनको निर्णय निरंकुश शैलीमा लिङदेनले एक्लै लत्याएर आन्दोलन नगर्ने स्वेच्छाचारी घोषणा गरेकोमा राजीनामा पत्रमा असन्तुष्टी प्रकट गरिएको छ ।

सामुहिक राजीनामा दिनेहरुमा सहायक महामन्त्री टीका बहादुर वली, प्रदेश सदस्य गोविन्द बलमी, सहअध्यक्ष गन्ज बहादुर शाही, जिल्ला उपाध्यक्षहरु विनोद जंग सुवेदी, कुल बहादुर राना, गंज बहादुर शाही, रन सिंह दमाई, रहसमाली दर्जी, सचिव दुर्गा बहादुर पुन र कोषाध्यक्ष निमा थापा छन् । त्यसैगरी प्रदेश क समितिका अध्यक्ष ओबिलाल विष्ट, प्रदेश ख समितिका अध्यक्ष राजेन्द्र वली, जिल्ला सदस्यहरु विर्ष बहादुर विष्ट, कृष्ण बुढाथोकी, हरीलाल पुन, रुपेन्द्र केसी, पूर्ण बहादुर वली, मोहन घर्ती, विशाल घर्ती, खड्क बहादुर वली, छविलाल केसी, धन बहादुर घर्ती, पदम पुन, जुद्ध बहादुर केसी, पूर्ण बहादुर घर्ती र पूर्ण बहादुर वली छन् ।

राप्रपाबाट सामुहिक राजीनामा दिने नेताहरुको समूह डा. धवलशम्सेर राणाको नेतृत्वमा बन्न लागेको राजनीतिक दलमा समाहित हुने सम्वद्ध सुत्रको भनाइ छ ।

गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको, अध्यक्ष स्वयंले चुनाव हारेबाट जनतामाझ राप्रपाको विश्वास गुमेको राजीनामा पत्रमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाका सहमहामन्त्री वोली सहित रोल्पाबाट सामूहिक राजीनामा
२०८३ श्रावण १४, बिहिबार
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार