श्रावण ३१, २०८३ आइतबार August 16, 2026

मधेशलाई समृद्ध बनाउने समय आयो, द्वन्द्वमा नफस्न अमरेश सिंहको अपिल

हिंसा र आन्दोलनले मधेश १० वर्ष पछाडि धकेल्यो, अब विकासमा केन्द्रित हुनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशको विकासमा गम्भीर असर पुर्‍याएको भन्दै अब यस्ता द्वन्द्वबाट मुक्त भएर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै सांसद सिंहले अशान्ति र हिंसात्मक गतिविधिका कारण मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्र प्रभावित भएको उल्लेख गरेका छन्। उनका अनुसार बारम्बारका आन्दोलन र द्वन्द्वले मधेशलाई कम्तीमा एक दशक पछाडि धकेलेको छ।

सिंहले हिंसात्मक गतिविधिका कारण भौतिक पूर्वाधारमा क्षति पुग्ने, विद्यालय तथा कलेजको शैक्षिक सत्र अवरुद्ध हुने, उद्योग–व्यवसाय प्रभावित हुने र लगानीको वातावरण कमजोर बन्ने जस्ता समस्या सिर्जना भएको बताएका छन्। उनले यस्तो अवस्थाले समग्र मधेशको विकास यात्रालाई नै ठूलो धक्का पुगेको उल्लेख गरेका छन्।

उनले अब सबै राजनीतिक दल, नागरिक समाज, युवा, बुद्धिजीवी तथा विभिन्न जाति, भाषा र धर्मका समुदायबीच आपसी विश्वास, सहकार्य र एकताको वातावरण निर्माण गर्दै विकासका साझा एजेन्डामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

सिंहले सामाजिक सद्भाव, शान्ति र सहिष्णुतालाई बलियो बनाउँदै मधेशलाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा समृद्ध बनाउने दिशामा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार