असोज ३, २०८३ शनिबार September 19, 2026

सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग

सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै विशेषगरी प्रधानमन्त्री संवादहीन बनेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा एक युवाको ज्यान गएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। उनले घटनाबारे सरकारले संसदलाई औपचारिक रूपमा जानकारी गराउन पनि माग गरिन्।

थापाले यसअघि काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्री बालेन्द्र शाहले लेखेको सामाजिक सञ्जालको स्टाटस उल्लेख गर्दै सत्ता बाहिर हुँदा र सत्तामा हुँदा नेपाली नागरिकको मृत्युबारे दृष्टिकोण फरक हुने हो भन्ने प्रश्न उठाइन्।

सांसद थापाले सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै विशेषगरी प्रधानमन्त्री संवादहीन बनेको आरोप लगाइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया