श्रावण १८, २०८३ सोमबार August 3, 2026

सुनकोशीमा खसेको कारमा सवार तीन जना बेपत्ता

स चालक सिन्धुलीको फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङ रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङ हुँदै खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग, यान्त्रिक कार्यालय मुल्कोटअन्तर्गत मध्यपहाडी लोकमार्गमा प्रयोग भइरहेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

घटनामा कार चालक सिन्धुपाल्चोक निवासी अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काईभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ निवासी धुर्व थापाका अन्दाजी २७:२८ वर्षीय छोरा गणेश थापा तथा परिचय खुल्न बाँकी एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।

बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

बेपत्ता तीनै जनाको खोजीका लागि प्रहरीसहित उद्धार टोली परिचालन गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया