श्रावण १८, २०८३ सोमबार August 3, 2026

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन। जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनुभयो ।

यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ ।

विगत तीन आर्थिक वर्षमा बेपत्ता मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी छ । यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा ५५३ जना बेपत्ताका थिए । यसमध्ये ५४० जना भेटिएका थिए भने १३ जनाको खोजतलास भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन् । जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । परेका निवेदनमध्ये पाँच अझै छलफलका क्रममा छन् । आर्थिक वर्ष २०८१/८२ मा ५४२ निवेदन परेका थिए । यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो । ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए ।

सोही समयमा दुई हजार ३०५ ठाडा उजुरी परेका छन् । यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका एक हजार ८७८ वटा र जिल्ला प्रशसान कार्यालयबाट प्राप्त ४२७ ठाडो उजुरी प्राप्त भएको थियो । यसमध्ये दुई हजार १०८ वटा मिलापत्र गरिएको छ । फछ्र्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार