श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कैलालीको टीकापुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु

पिकअप भ्यान तथा दुवै सवारीका चालक इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर, कैलाली । कैलालीको टीकापुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा सोही दिशातर्फ गइरहेको पिकअप भ्यान पछाडिबाट ठोक्किँदा पिकअपका सहचालक अन्दाजी २३ वर्षीय सल्यान निवासी सञ्जीव ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य व्यक्तिहरू भने सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न भे.१ क ५०१ नम्बरको ट्रक, लुम्बिनी प्रदेश ०२-००१ च ०५४० नम्बरको पिकअप भ्यान तथा दुवै सवारीका चालक इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुर्घटना आज बिहान करिब ५:३० बजे भएको हो। मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार