भाद्र २९, २०८३ सोमबार September 14, 2026

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

बृहत् प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका  थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।

बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।

उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ ।

बृहत् प्रगतिशील तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्रेलले नेतृत्व गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया